संघीय सरकारले विकासे मन्त्रालय राख्नु संघीयता विपरीत : मुख्यमन्त्री कार्की

सफल खबर संवाददाता

विहीबार, ०९ चैत्र २०७९, १३ : ४५
संघीय सरकारले विकासे मन्त्रालय राख्नु संघीयता विपरीत : मुख्यमन्त्री कार्की

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले संघीय सरकारले विकासे मन्त्रालय राख्नु संघीयता विपरीत भएको बताएका छन ।

बिहीबार नेपाल समाजशास्त्र संघ काठमाडौं र महेन्द्र मोरङ क्याम्पस विराटनगरले आयोजना गरेको ‘नेपालमा संघीयतास् अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । नेपालमा संघीयता कार्यान्वयन कमजोर भएको पनि उनले बताएका छन ।

उनले केन्द्र सरकार अझै पनि अनुदार रहेकाले संघीयता कार्यान्वयनमा जटिलता रहेको बताए ।तल्लो तहमा अधिकार दिन भने राजनीतिक नेतृत्वले नचाहेको उनको भनाइ थियो । प्रशासनिक संघीयता कार्यान्वयन हुन नसकेको उनले बताए ।

प्रशासनिक क्षेत्रमा २५ प्रतिशत पनि संघीयता कार्यान्वयन हुन नसकेको मुख्यमन्त्री कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस