सत्ता गठबन्धन भत्काउने काममा एमाले लाग्दैन : महासचिव पोख्रेल

सफल खबर संवाददाता

विहीबार, ०९ चैत्र २०७९, ०९ : ४०
सत्ता गठबन्धन भत्काउने काममा एमाले लाग्दैन : महासचिव पोख्रेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले दश दलीय गठबन्धनलाई खण्डित गर्ने रणनीतिमा एमाले नलाग्ने बताएका छन्।

दाङको घोराहीमा प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिले बनेको दश दलीय गठबन्धनलाई खण्डित बनाउने रणनीतिमा नलागेको स्पष्ट पारेका हुन्।

‘दश दलीय गठबन्धनलाई खण्डित बनाउने रणनीतिमा लाग्दैन’ कार्यक्रममा बोल्दै उनले भने,’चुनाव लड्दा कांग्रेससँग मिलेर लड्नु भयो। जनतालाई दिएको बचन पूरा गर्नेतर्फ फर्किनु भएको हो भने त्यसमा लाग्नेगरी हो भने ठिक छ।’

महासचिव पोखरेलले सरकार बनाउने र भत्काउनेमा मात्रै ध्यान जाँदा अस्थीरता मौलाएको भन्दै एमाले दश दलीय सत्ता गठबन्धन भत्काउन एमाले नलाग्ने बताएका हुन्।
‘हामी अहिलेको दश दलीय गठबन्धन भत्काउन लाग्दैनौँ।’ महासचिव पोखरेलले भने,’सरकारले देश र जनताका पक्षमा काम गरेमा हामी साथ दिन्छौँ। फेरि सरकारमा पुग्न गठबन्धन भत्काउन सोँच राख्दैनौँ।’ तर, सरकारले देश र जनताभन्दा विदेशीको काँधमा चढेर राष्ट्रिय स्वाधीनता विरोधि गतिबिधि ‍गरेमा एमालेले सधै विरोध गर्ने उनले बताए।

बिगतमा आरजु राणा र जनार्दन शर्माका कारण देशको अर्थतन्त्र कमजोर भएको भन्दै महासचिव पोखरेलले गठबन्धन सरकारकै कारण अर्थतन्त्र तहसनहस भएको टिप्पणी गरे। राजनितीक अस्थिरता र अराजकताले मुलुकलाई पछाडि पारेको भनाइ उनको छ। मौलिक संस्कृतिमाथि प्रहार भएको भन्दै उनले यसले पनि समस्या निम्त्याएको बताए।

गम्भीर आर्थिक संकटबाट गुज्रिएको छ। बैधानिक अर्थतन्त्रलाई कमजोर पार्ने र अवैधानिक अर्थतन्त्रलाई मलजल गर्दा समस्या निम्तिएको तर्क उनको छ। ‘मौद्रिक तरलताको अभाव छ। यसले समस्या पारेको छ। अवैधानिक अर्थतन्त्रलाई प्रशय दिने काम सरकारले गर्यो’उनले भने,’आरजु राना र जनार्दन शर्माका कारण मुलुकको अर्थतन्त्र समस्यामा पर्यो।’

प्रतिक्रिया दिनुहोस