काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले मुलुकको समसामयिक राजनीतिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा उनीहरुले समाजमा छोरी असुरक्षित रहेको र मानव तस्करको कब्जामा परिरहेकाले अपराधीलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।
सांसद अनिता देवकोटाले छोरीहरू समाजमा असुरक्षित रहेको, उनीहरूको जीवन जोखिममा परेको र मुलुक मानव तस्करको केन्द्र बन्दै गएकामा चिन्ता व्यक्त गर्दै यसतर्फ सरकारको ध्यान जाओस् भनिन् ।
सांसद कुमार दसौदीले आफूलाई राष्ट्रिय सभा सदस्यमा निर्वाचित गराएकामा लुम्बिनी प्रदेशसभाका सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई धन्यवाद दिए ।सांसद खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको बेथितिलाई अन्त्य गर्न तत्काल स्पष्ट सुधारको कार्यतालिका ल्याउन सरकारको ध्यानाकर्षण गराए । उनले कास्कीको फेवाताल वरपर भइरहेको मानव अतिक्रमण र डोजरको प्रयोग तत्काल रोक्न माग गरे ।
सांसद दिलकुमारी रावल थापाले स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिन र स्वास्थ्य क्षेत्रमा रणनीतिक योजना बनाएर लागू गर्न, सुर्तीजन्य पदार्थको बिक्री वितरणमा समेत नियन्त्रण गर्नुपर्नेमा जोड दिइन् । सांसद नन्द चपाईले मुलुकभित्र नागरिकता र सुकुम्बासीको समस्या विकराल रहेको समस्या समाधानका लागि आग्रह गरिन् ।
सांसद प्रकाश पन्थले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा रामचन्द्र पौडेलले र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएकोमा धन्यवाद दिए । सांसद विमला राई पौड्यालले नागरिकको स्वतन्त्रतापूर्वक बोल्न पाउने हक तथा अधिकार विपरीत प्रहरीले गतिविधि गरेको जनाउँदै किन त्यसो भएको हो गृह मन्त्रालयले उचित जवाफ दिन माग गरिन् ।
सांसद सिंहबहादुर विश्वकर्माले सिराहाको एक स्थानीय तहका प्रमुखले दलित समुदायमाथि छुवाछूत र विभेद गरेको भन्ने घटनाप्रति दुःख व्यक्त गर्दै कानुन अनुसार कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०८ चैत्र २०७९, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा अन्तर्गतका दुईवटा समितिको बैठक बस्दै
छठले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
राष्ट्रियसभाको बैठक आज बस्दै
राष्ट्रियसभा बैठक आज, पाँच कार्यसूचीमा छलफल
आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची