काठमाडौँ । राष्ट्रियसभाको बैठक बुधबार बस्दैछ । बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।
सचिवालयका अनुसार आजको बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति माया प्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन २०७८र७९ सभासमक्ष पेश गर्ने कार्यसूची छ।
त्यस्तै, सांसद भुवन बहादुर सुनारले दलित समुदायका विभेद र उत्पीडनहरूको अन्त्य गरी सामाजिक-सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जनाएको छ।
बैठकको सुरुमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ चैत्र २०७९, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवारको नामावली प्रकाशन आज
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
राष्ट्रियसभा अन्तर्गतका दुईवटा समितिको बैठक बस्दै
छठले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
राष्ट्रियसभाको बैठक आज बस्दै