काठमाडौँ । राष्ट्रियसभाको बैठक बुधबार बस्दैछ । बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।
सचिवालयका अनुसार आजको बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति माया प्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन २०७८र७९ सभासमक्ष पेश गर्ने कार्यसूची छ।
त्यस्तै, सांसद भुवन बहादुर सुनारले दलित समुदायका विभेद र उत्पीडनहरूको अन्त्य गरी सामाजिक-सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जनाएको छ।
बैठकको सुरुमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनेछन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ चैत्र २०७९, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने
राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने
राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी