एजेन्सी । अफगानिस्तानको फैजाबाद केन्द्रबिन्दु भएर ठूलो भूकम्प गएको छ। मौसम विज्ञान केन्द्र, जयपुरले ६.६ रेक्टर स्केलको भूकम्प मापन गरिएको बीबीसीले जनाएको छ।
भूकम्पको धक्का भारत र पाकिस्तानमा समेत महसुस गरिएको छ। दिल्ली, राजस्थान र जम्मू कश्मीरमा भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पश्चिमी यूपीका धेरै जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।
जयपुर, सिकर, करौलीलगायत राजस्थानका धेरै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ।
पाकिस्तानको मौसम विभागले पनि भूकम्प गएको पुष्टि गरेको छ। पाकिस्तानको मौसम विभागले भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको जनाएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार अफगानिस्तानको जुर्ममा गएको भूकम्पको म्याग्निच्युड ६ दशमलव ५ मापन गरिएको छ। इन्टरनेशनल ह्युमन राइट्स फाउन्डेसनले भूकम्पका बेला शान्त रहन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ चैत्र २०७९, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर भूकम्प
मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प