काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले रूस पुगेर युद्ध अन्त्यको प्रस्ताव राखेका छन्। रूस-युक्रेन युद्धको लागि चीनले तयार गरेको १२ बुँदे प्रस्ताव सीले समकक्षी भ्लादिमिर पुटिन समक्ष राखेको मस्को टाइम्सले जनाएको छ।
दुई साताअघि साउदी अरेबिया र इरानबीचको द्वन्द्व शान्तिमा रूपान्तरण गर्ने सम्झौता गराउन सफल भएको चीन शान्ति प्रस्ताव लिएर मस्को पुगेको हो। रूसले युक्रेनमाथि हमला गरेपछि पश्चिमा शक्तिराष्ट्रहरूले रूसलाई एक्लो बनाइरहेको अवस्थामा सी त्यहाँ पुगेका हुन्। उनले रूसको तीन दिने भ्रमण गर्ने बताइएको छ।
चीनको प्रस्तावपछि रूसका राष्ट्रपति भ्लादिमर पुटिनले सम्झौताका लागि आफु खुला रहेको बताएको मस्को टाइम्सले उद्दृत गरेको छ।‘युद्ध अन्त्यका लागि सम्झौता गर्न रूस सधैँ खुला छ,’ पुटिनले समकक्षीलाई भनेको उद्दृत गर्दै मस्को टाइम्सले जनाएको छ।
रूसले युक्रेनमाथि हमला गरेदेखि यता सी पहिलोपटक मस्को पुगेका हुन्। रूसको सरकारी सञ्चारमाध्यम रिया नोभोस्तीले सी र पुटिनबीच सोमबार चार घण्टा वार्ता भएको जनाएको छ। आफ्नो भ्रमण निकै फलदायी हुने सीले बताएका थिए।
मस्को प्रस्थान अघि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सीले भनेका थिए-‘मेरो भ्ररमण विश्व शान्ति तथा रूस र चीनबीच रणनीतिक साझेदारीका नयाँ आयाममा निकै फलदायी हुनेछ भन्नेमा म विश्वस्त छु।’
सीको भ्रमणप्रति पश्चिमा शक्तिराष्ट्रहरू भने सशंकित छन्। सी मस्कोलाई हतियार बेच्नका लागि त्यहाँ पुगेको अमेरिकाले आरोप लगाएको छ। विदेशमन्त्री एन्टोनी ब्लिंकेनले यो भ्रमण सीको चालबाजी रहो बताएका छन्।
‘यो युद्ध रूसले चाहेको दिन अन्त्य हुनेछ। रूस तयार नहुँदासम्म कसैको आग्रहमा केही हुनेवाला छैन। जबसम्म रूसले युद्ध जारी राख्छ त्यसबेलासम्म हामी युक्रेनलाई साथ गरिरहनेछौँ,’ ब्लिंकनेले भनेका छन्।
रूसको सरकारी सञ्चारमाध्यम रिया नोभोस्तीका अनुसार युद्ध अन्त्यका लागि रचनात्मक भूमिका निर्वाह गर्ने उद्धेश्यले सी त्यहाँ पुगेका छन्। रूस र चीन दुबैको स्वाधिनता र क्षेत्रीय अखण्डताको रक्षाका सन्दर्भममा सी र पुटिनबीच सोमबार विस्तृत छलफल भएको त्यस समाचार संस्थाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०७ चैत्र २०७९, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनका लागि नेपालका पूर्वराजदूतहरूको चेतावनी : ‘एक चीन’ नीतिमाथि नयाँ प्रश्न किन उठ्यो ?
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट