काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कतिपय माननीयले संसद विघटनलाई बहादुरी गरेजस्तै गरेर प्रस्तुत गरेको बताएका छन् । सोमबार संसद बैठकलाई सम्बोधन गर्दै पौडेलले विगतका गल्तीबाट सिक्नुपर्नेमा उल्टै प्रशंसा गर्नु गलत भएको बताए ।
यसअघि संसदमा केपी शर्मा ओलीले संसद विघटन गर्नु ठिक थियो भन्दै भाषण गरेपछि पौडेलले त्यसको खण्डन गरेका हुन् । ‘कांग्रेस पहिलो पार्टी हो भन्ने धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट हेर्नुपर्छ । दोस्रो दलले पहिलो दललाई समेत सहमतिमा लिएर अघि बढौं भन्दा प्रधानमन्त्रीज्यूले राखेको कुरा कहाँ गलत गलत थियो ?’ पौडेलले भने, ‘हामी इतिहासको कठघरा जवाफ दिन तयार छौं । भविष्यका चुनौतीलाई पार लगाउन सहमति खोजिन्छ । सहमतिमा विगतका गल्तीको पुनरावृत्ति गरेर हुँदैन । इतिहासको सम्मान गर्ने हो । गल्ती भएका कुरालाई सच्याएर अघि बढ्ने हो ।’
विगतमा २२ पटक संसद विघटन भएको विषयलाई पश्चाताप नगर्नु गलत भएको पौडेलले बताए । ‘कसका कारणले संसद विघटन भयो ? संविधानको कुन धारामा लेखिएको छ ? जवाफ दिन सक्नुहुन्छ ?’ उनले भने, ‘त्यो सर्वोच्च अदालतले करेक्सन गर्यो । गल्ती भयो भनेर सच्यायो । माननीयज्यूहरु संसदमा आएर बोल्नुहुन्छ मैले बहादुरी गरे । पहिलेकै गल्तीलाई सदर गर्न यो संसदबाट निर्वाचित भएर आएको हो ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ चैत्र २०७९, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ
धैर्यतालाई कमजोरी नठान्न रास्वपालाई एमालेको चेतावनी
दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा
एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै
रुपन्देही-३ मा जसपा नेपालका उम्मेदवार नै एमाले प्रवेश
निर्वाचन तालिका प्रभावित पार्ने संकेत देखिएको एमालेको निष्कर्ष