काठमाडौँ । नेकपा माओवादी केन्द्रले संठनात्मक विषयमा सुझाव संकलन गर्न सबै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । माओवादी केन्द्रको संगठन विभागको बैठकले आगामी चैत ११ देखि २५ गतेसम्म सबै प्रदेशमा अन्तरक्रिया गर्ने तय गरेको हो ।
संगठन विभाग प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ को अध्यक्षतामा बसेको बैठकले सम्पर्क समन्वय प्रदेशमा चैत ११, उपत्यका विशेष प्रदेशमा चैत १३ गते अन्तरक्रिया गर्ने निर्णय गरेको छ । यसैगरी कोशी प्रदेशमा चैत १७ गते, मधेस प्रदेशमा चैत १८ गते, बागमती प्रदेशमा चैत २७ गते, लुम्बिनी प्रदेशमा चैत २५ गते कार्यक्रम गर्ने तय भएको छ ।
यस्तै कर्णाली प्रदेशमा चैत २२ गते, सुदूरपश्चिम प्रदेशमा चैत २० गते तथा गण्डकी प्रदेशम पछि तय हुनेछ । विभागका एक सदस्यका अनुसार प्रदेशहरुमा हुने अन्तरक्रियामा केन्द्रीय संगठन विभागका नेताहरु सहभागी हुनेछन् । यस्तै प्रदेशबाट आवश्यकताअनुसार नेताहरुलाईसहभागी गराइने छ ।
कार्यक्रम गर्न व्यवस्थापन लगायतका कार्यहरू सम्बन्धित प्रदेशले मिलाउने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ चैत्र २०७९, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै