छोटो अवधिमै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइनँ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, ०६ चैत्र २०७९, १४ : ०१
छोटो अवधिमै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइनँ : प्रधानमन्त्री  प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नियुक्तिको छोटो अवधिमै विश्वासको मत लिनुपर्छ भन्ने नसोचेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले भने, ‘यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइनँ, सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावछि राप्रपा र एमालेका मन्त्रीहरुले राजीनामा दिनुभयो ।’

उनले एमाले र राप्रपाको निर्णय राजनीतिक र जिम्मेवार जवाफ भयो उनीहरुले जवाफ दिनुपर्ने बताए । ‘साथीहरुले आजका दिनसम्म पनि प्रधानमन्त्रीको गलत काम वा निर्णयले गर्दा विश्वासको मत फिर्ता लिनुपर्‍यो भन्नुभएको छैन’ उनले भने ।

प्रतिक्रिया दिनुहोस