बैतडीमा एक पुरूष मृत फेला

सफल खबर संवाददाता

सोमबार, ०६ चैत्र २०७९, १३ : ११
बैतडीमा एक पुरूष मृत फेला

बैतडी । बैतडीमा सोमबार एक जना मृत अवस्थामा फेला परेका छन् ।

मृत बैतडीको दोगडाकेदार गाउँपालिका-६ चम्तडीका ५२ वर्षीय पुरूष नरीभानसिंह नगारी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको हो । नगारी सोमबार बिहान महाकाली राजमार्ग अन्तर्गत चम्तडी बजारमा मृत फेला परेका हुन् ।

उनको मृत्युको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। नगारी मृत भेटिएपछि घटनास्थल सुरक्षित गरिएको र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली खटिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस