चितवन । चितवनमा प्रदर्शनी केन्द्रमा जारी नेपाली जुत्ता चप्पल प्रदर्शनीमा ग्राहकवर्गहरुको दिनप्रति भिड बढ्दै गएको छ । सस्तो आरामदायी र टिकाउ भएका कारण स्वदेशी जुत्ता चप्पलहरू ग्राहकहरूको रोजाइ बढेको हो ।
फागुन १७ गतेदेखि चितवनको भरतपुरमा रहेको प्रदर्शनी केन्द्र जारी प्रथम चितवन नेपाली जुत्ता÷चप्पल प्रदर्शनी तथा प्रर्वद्धन मेलामा स्थानिय ग्राहकहरूको दैनिक भीड लाग्ने गरेको फुटवेयर एशोसिएसन समितिका उपाध्यक्ष रुद्र न्यौपानेले जानकारी दिए । विभिन्न खालका अफरले पनि यहाँ दैनिक जुत्ता चप्पल किन्नेको भिड लाग्ने गरेको छ ।
मेलामा बि एफ डियरहिलर बिएफ़ स्पोर्ट्स, शिखर शुज, क्रसरोड, फर्स्ट वाक, शुजल्याण्ड, रनशुज, भेनस, केटिएम शुज, शिल, हाईलाईफ़ लगायतको ब्राण्डका जुत्ता, चप्पल तथा छाला बाट उत्पादित सामाग्रीहरु उपलब्ध रहेको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले बताए । उनले ग्राहकवर्गहरुको चाहानालाई मध्य नजर गर्दै आफुहरुले हरेक दिन नयाँ नयाँ अफर नै अफर चलाएको दावी पनि गरेका छन् ।
‘धेरै ब्राण्डका जुत्ता चप्पलहरू एउटै छानामुनि राखेर उपभोक्तालाई आफ्नो रोजाइअनुसार सहज रूपमा खरिद गर्न सक्ने अवस्थाको सिर्जना गरेका छौँ विएफ डियर हिलका डाइरेक्टर सुजन उपाध्यायले भने, प्रचलित बजार भाउभन्दा कम मूल्यमा उपभोक्ताले रोजेर कुनै पनि ब्राण्डका जुत्ता चप्पल खरिद गर्न सक्नेछन्।’
चितवन प्रदर्शनी केन्द्रको हलमा उपस्थित भएर हजारौ जुत्ता अवलोकन गर्दै विशेष छुटमा गुणस्तरीय जुत्ता खरिद गर्नेको संख्या दिनप्रतिदिन ओराई लागेको छ । नेपाली जुत्ता सस्तो र लामो समयसम्म टिक्ने भएका कारण आफूहरूलाई मनपर्ने परेको भरतपुर २३ देखि आएका दिपक नेपालीले बताए । आफू रोचेको र खाजेको जुत्ता छानीछानी छुटमा लिन पाउदाँ निकै खुसी लागेको उनको भनाई छ । सामान्य दिनमा दैनिक ५ लाख रूपैयाँ बराबरको कारोबार भइरहेको व्यापार मेलामा हालसम्म करिब एक लाख भन्दा बढी ग्राहक आइसकेको फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष एवम् मेला संयोजक सुरज बन्जाडेले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ चैत्र २०७९, ०८ : ३९
लेखकबाट थप