यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

सोमबार, ०६ चैत्र २०७९, ०६ : ४४
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज चैत ६ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७९ पैसा र बिक्री दर १३२ रुपैयाँ ३९ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ५९ पैसा र बिक्री दर १४१ रुपैयाँ २३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ४८ पैसा र बिक्री दर १६१ रुपैयाँ २१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९८ पैसा र बिक्री दर ३६ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस