यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

सोमबार, ०२ चैत्र २०८२, ०७ : २१
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ २७ पैसा र बिक्रीदर १९६ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११५ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २१ रुपैयाँ ४९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस