माडौँ।उदयपुरमा छ वर्षदेखि साङ्लोले बाँधेर राखिएका युवकको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएका त्रियुगा नगरपालिका–६ लालपत्ताका २१ वर्षीय रामबहादुर परियारको उद्धार गरिएको हो ।
त्रियुगा नगरपालिकाको पहलमा उनको उद्धार गरिएको नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले जानकारी दिए । रामबहादुरलाई लालपत्तास्थित उनकी दिदी हस्तमायाको घरबाट उद्धार गरी मानव सेवा आश्रम हेटौँडा पठाइएको छ । त्रियुगा–६ का वडाध्यक्ष योगेन्द्र दाहालका अनुसार रामबहादुरको उपचारमा लाग्ने सबै नगरपालिकाले बेहोर्ने छ ।विसं २०७४ देखि रामबहादुरले मानसिक सन्तुलन गुमाएका थिए । उनका बुबाको २०७५ सालमै निधन भएको थियो । त्यसपछि रामबहादुरलाई दिदी हस्तमायाको घरमा साङ्लोले बाँधेर राखिएको वडाध्यक्ष दाहालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ चैत्र २०७९, १६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव, ६ जना पक्राउ
महोत्तरीमा अर्धनग्न अवस्थामा युवकको शव भेटियो
चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने असई निलम्बनमा
चितवनमा एक युवकमाथि प्रहरीबाटै निर्घात कुटपिट, छानबिन समिति गठन