युथ क्लब नारायणगढमा पत्रकार शालिग्राम नेपालको नेतृत्व

सफल खबर संवाददाता

आइतबार, ०५ चैत्र २०७९, १५ : ३४
युथ क्लब नारायणगढमा पत्रकार शालिग्राम नेपालको नेतृत्व

चितवन ।युथ क्लब नारायणगढको अध्यक्षमा पत्रकार शालिग्राम नेपाल सर्वसम्मत चयन भएका छन् ।सस्थाको सभाहलमा शनिबार भएको ४९ औ साधारणसभा तथा २५ औ अधिवेशनले नेपालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नेपाल प्रेस चौतारीको केन्द्रीय सदस्य रहनुका साथै गोरखापत्र दैनिकका चितवन संवाददाता हुन् ।संस्थाको उपाध्यक्षमा दयाराम कँडेल, महासचिवमा रामचन्द्र आचार्य, कोषाध्यक्षमा अनिता नेपाली, सदस्यमा शान्ति श्रेष्ठ, केशवराज सापकोटा र बाँकी रहेको दुई जना कार्यसमिति सदस्य समितिको बैठकले पछि थप गर्ने भएको छ ।

२०३६ साल जेठ २६ गते स्थापना भएको नेपालकै पुरानो सामाजिक संस्थाको रुपमा परिचित छ । संस्थाको अधिवेशनको उदघाटन सत्रमा प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा सस्थाका पूर्वअध्यक्ष भानुप्रकाश जोशी, देवेन्द्र गुरुङ, केशवप्रसाद रेग्मी, भुवन आचार्य, हेरम्बकुमार असिम, विष्णुप्रसाद सापकोटा , लक्ष्मण बानिया, आजीवन सदस्य ईश्वरकुमार श्रेष्ठ, सदस्य तीर्थ नेपाललगायतले मन्तव्य राखेका थिए ।

अधिवेशनमा पूर्वअध्यक्ष केशवप्रसाद रेग्मीको संयोजकत्वमा हेरम्बकुमार असिम, विष्णुप्रसाद सापकोटा निर्वाचन समिति चयन भएको थियो । वर्तमान कार्यसमितिले पद हस्तान्तरण गरेपछि मात्र निर्वाचित नयाँ कार्यसमितिले पदभार ग्रहण गर्ने व्यबस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस