इस्लामावाद । पाकिस्तानको तल्लो कोहिस्तानको पट्टन क्षेत्रमा एक घरमा आगलागी हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको पाकिस्तानबाट प्रकाशित ‘द न्यूज इन्टरनेसनल’ पत्रिकाले जनाएको छ।
द न्यूज इन्टरनेसनलका अनुसार शुक्रबार बिहान करिब ४ बजेको समयमा मोहम्मद नवाबको बहुकोठे काठको घर र नजिकैको गोठ जलेर नष्ट भएको थियो। घटनास्थलमा पुगेका स्थानीयले परिवारका सदस्यलाई उद्धार गरी नजिकैको अस्पतालमा लगेका थिए। अस्पतालमा चिकित्सकले सबैलाई मृत घोषणा गरेका थिए।
घटनाको प्रत्यक्षदर्शी रज्जाक राजाले भने, 'स्थानीयहरू घटनास्थलमा पुगेका थिए र भग्नावशेषबाट पुरिएका मानिसहरूलाई उद्धार गरी स्वास्थ्य संस्थामा लगेका थिए।' प्रहरीका अनुसार मोहम्मद नवाबकी श्रीमती छब्बर बीबी, उनका पाँच छोरीहरू र तीन छोराहरूको जलेर मृत्यु भएको थियो।
डढेलोका कारण कैयौँ पशुचौपायाको समेत मृत्यु भएको द न्यूज इन्टरनेसनलले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ चैत्र २०७९, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीका घटनामा वृद्धि, एकै दिन नौ स्थानमा आगलागी
रौतहटमा गुडिरहेको यात्रुवाहक बसमा आगलागी
भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु
जुत्ता-चप्पल गोदाममा आगलागी, ७० लाखको क्षति
टिपरमा एकाएक आगलागी
फ्रान्सको जंगलमा भीषण आगलागी, महिलाको मृत्यु