यस्तो रहनेछ आज दिनभरको मौसम

सफल खबर संवाददाता

शनिबार, ०४ चैत्र २०७९, ०६ : ५७
यस्तो रहनेछ आज दिनभरको मौसम

काठमाडौं । देशका केही भागमा आज बिहान वर्षा भइरहेको छ ।

देशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ÷हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहको छ ।

कोसी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस