देशैभर तीन दिनसम्म हल्का वर्षा हुने

सफल खबर संवाददाता

शुक्रबार, ०३ चैत्र २०७९, १७ : ००
देशैभर तीन दिनसम्म हल्का वर्षा हुने

काठमाडौं ।  आगामी तीन दिन (आइतबार) सम्म देशैभर हल्का वर्षा हुने भएको छ ।

पश्चिमी वायुसँगै पश्चिमी वायु मिसिएपछि मौसम सक्रिय भएको हो । आगामी दिन दिनसम्म हल्का वर्ष हुने भएकाले निरन्तर झरी  भने नहुने जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान शाखाका मौसम विद् रोजन लामिछानेले बताए ।

‘काठमाडौं उपत्यका सहित देशैभर मौसम सक्रिय छ । निरन्तर झरी भएर बाढी आउने सम्भावना छैन । हल्का रुपमा एकछिन पानी पर्ने फेरी रोक्ने घाम लाग्ने हुन्छ’ लामिछानेले भने, ‘पश्चिमी वायुसँग स्थानीय वायु सक्रिय भएपछि वर्षा भएको हो । त्यो प्रिमनसुनमा यस्तै हुन्छ ।’ आजदेखि सुरु भएको वर्षाले किसानलाई फाइदा हुने बताएको छ ।
 

प्रतिक्रिया दिनुहोस