विराटनगर। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको उपनेतामा हिमाल कार्की नियुक्त भएका छन् ।संसदीय दलका नेता उद्धव थापाले कार्कीलाई उपनेता नियुक्त गरेका हुन्।थापा नेता कृष्णप्रसाद सिटौला पक्षका हुन् भने उपनेता कार्की सभापति शेरबहादुर देउवा पक्षका हुन् । कार्की कांग्रेस उदयपुरका जिल्ला सभापति पनि हुन् । उनी राजेन्द्र राई नेतृत्वको सरकारमा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री भएका थिए । उनी उदयपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १(२) बाट निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ चैत्र २०७९, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगमा काँग्रेसले बुझायो बन्द सूची
नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
निर्णय कार्यान्वयनका लागि ६ समितिलाई काँग्रेसको निर्देशन
राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्दै काँग्रेसले बुझायो ज्ञापन पत्र
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै