काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आधिकारिक ट्वीटर ह्याण्डल ह्याकरको कब्जामा पुगेको छ ।
‘पीएमओ नेपाल’ ट्वीटर ह्याण्डलबाट दुई वटा अनधिकृत पोस्ट रिट्वीट भएको हो । गएराति २ बजे र त्यसको केही समयपछि फेरि अर्को अनधिकृत रिट्वीट भएको हो ।
यस विषयमा प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले के भएको हो भन्नेबारे प्राविधिकले अध्ययन गरिरहेको प्रतिक्रिया दिए । बेलाबेलामा सरकारी वेबसाइट र सामाजिक सञ्जालका खाताहरु ह्याकरको निशानामा पर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ चैत्र २०७९, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति