काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेससँग २४ घण्टे स्पष्टीकरण सोधेको छ । उपराष्ट्रपति निर्वाचनको मौन अवधिमा जसपाका उम्मेदवारलाई मत हाल्ने भन्ने निर्णय गरेको सञ्चारमाध्यममा आएको भन्दै यसबारे आयोगले बुधबार स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सञ्चारमाध्यममा आएको विषयअनुसार कांग्रेसले आचारसंहिता प्रतिकुल हुनेगरी निर्णय गरेको देखिएकाले स्पष्टीकरण सोधिएको बताए ।
‘४८ घण्टा अगाडि प्रचार प्रसार गर्ने, मत माग्नेलगायतका काम गर्न नहुने भन्ने छ । तर, सञ्चारमाध्यममा कांग्रेसले प्रतिकुल हुने गरी निर्णय गरेको भन्ने आएपछि यसबारेमा के हो भनेर स्पष्टीकरण सोधिएको छ’, उनले भने।
बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले जसपाका उम्मेदवारलाई उपराष्ट्रपतिमा सघाउने निर्णय गरेको थियो । उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ चैत्र २०७९, २० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगले तोक्यो तीन उपसचिवलाई सहायक प्रवक्ता
चुनावका लागि ५ अर्ब बजेट स्वीकृत
३२ वटा दल दर्ता प्रक्रियामा, २३ वटा दल जेन जेड आन्दोलन पछि दर्ता हुन पुगे आयोग
प्रधानमन्त्री कार्कीले गरिन् निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल
आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग
मतदाता नामावली संकलन उत्साहजनक : निर्वाचन आयोग