काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र कर्णाजीत बुढा नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच पार्टी एकता भएको छ । काठमाडौँको प्रज्ञा भवनमा विप्लव नेतृत्वको नेकपा र कर्णजीत बुढा नेतृत्वको माओवादी समाजवादी पार्टीबीच एकता भएको हो ।
तत्कालीन एकीकृत समाजवादीबाट अलग भएका विप्लव र कर्णजीत पार्टी एकता गरेर एक ठाउँमा आउने घोषणा गरेका हुन् । अहिले संकटग्रस्त दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको स्वेच्छाराी शासन चलेको बताएका छन् । ‘मुठ्ठीभर दलाल पुँजीपतिवर्ग बाहेक सारा नेपाली जनताको जीवन कष्टकर छ । मिटर ब्याज, लघुवित्त, धेरै जसो वित्तीय सहकारी र ठूला बैंकको चर्को ब्याजले गरीब किसान, विभिन्न व्यापार व्यवसायी, मध्यमवर्ग र राष्ट्रिय उद्योग÷व्यवसायीहरु संकटमा पर्दै गएका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘कैयौं ऋणीहरुले आत्महत्या गरिरहेका छन् भने कैयौं घरवास छोडेर हिँड्न विवश छन् ।
सारा युवा पुस्ता विदेशिएको छ । महिला र श्रमिक समुदायमाथि विभन्न खाले हिंसा जारी छन् । गौरवपूर्ण जनयुद्धलाई अपराधीकरण गरिँदै छ । शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्र अस्तव्यस्त छन् ।’ भूमण्डलीकृत अमेरिकी साम्राज्यवाद नेपाललाई नवउपनिवेश बनाउन हस्तक्षेप गरिरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ चैत्र २०७९, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान