काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र कर्णाजीत बुढा नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच पार्टी एकता भएको छ । काठमाडौँको प्रज्ञा भवनमा विप्लव नेतृत्वको नेकपा र कर्णजीत बुढा नेतृत्वको माओवादी समाजवादी पार्टीबीच एकता भएको हो ।
तत्कालीन एकीकृत समाजवादीबाट अलग भएका विप्लव र कर्णजीत पार्टी एकता गरेर एक ठाउँमा आउने घोषणा गरेका हुन् । अहिले संकटग्रस्त दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको स्वेच्छाराी शासन चलेको बताएका छन् । ‘मुठ्ठीभर दलाल पुँजीपतिवर्ग बाहेक सारा नेपाली जनताको जीवन कष्टकर छ । मिटर ब्याज, लघुवित्त, धेरै जसो वित्तीय सहकारी र ठूला बैंकको चर्को ब्याजले गरीब किसान, विभिन्न व्यापार व्यवसायी, मध्यमवर्ग र राष्ट्रिय उद्योग÷व्यवसायीहरु संकटमा पर्दै गएका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘कैयौं ऋणीहरुले आत्महत्या गरिरहेका छन् भने कैयौं घरवास छोडेर हिँड्न विवश छन् ।
सारा युवा पुस्ता विदेशिएको छ । महिला र श्रमिक समुदायमाथि विभन्न खाले हिंसा जारी छन् । गौरवपूर्ण जनयुद्धलाई अपराधीकरण गरिँदै छ । शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्र अस्तव्यस्त छन् ।’ भूमण्डलीकृत अमेरिकी साम्राज्यवाद नेपाललाई नवउपनिवेश बनाउन हस्तक्षेप गरिरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ चैत्र २०७९, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै