काठमाडौं । सुनसरी, भोजपुर र दाङमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । गुडिरहेको मोटरसाइकलबाट खसेर सुनसरीको बर्जु गाउँपालिका २ ढट्टाटोलमा एक महिलाको मृत्यु भएका छ । को ७ प ५६५ नम्बरको मोटरसाईकलमा पछाडी सवार सुनसरीकै बर्जु गाउँपालिका ३ बस्ने ३६ बर्षीया चन्द्रकलादेबी राय गम्भीर घाइते भएकी थिइन् ।उपचारका लागि उनलाई अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकलका चालक मृतक महिलाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भोजपुरको रामप्रसाद दराई गाउँपालिका ५ लुगेनी भौडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमानै मृत्यु भएको छ । सोही स्थानका १८ वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको हो ।बैकुण्ठेबाट मानेभञ्ज्याङ तर्फ आउँदै गरेको ना ३ त ३४५९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकदेखि करिब डेढसय मिटर तल खसेको अस्थायी प्रहरी चौकी मानेभञ्ज्याङले जनाएको छ । दाङको लमही नगरपालिका ९ रिहारमा ट्याक्टरको ट्रलिबाट खसेर एक जनाको मृत्यु भएको छ । रा ७ त २२८६ नम्बरको ट्याक्टरको ट्रलिबाट खसेर गम्भीर घाईते भएका सोही ठाउँका २० वर्षीय करण बर्माको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ चैत्र २०७९, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते