काठमाडौं । प्रतिबन्धित भारतीय रूपैयाँसहित प्रहरीले दुई जना अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। सोमबार दिउँसो ३ लाख ३५ हजार भारतीय रूपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ।
प्रहरी प्रधान कार्यालय काठमाडौंकाअनुसार पक्राउ पर्नेमा ६९ वर्षीय थुप्तेन गेलेक हसवा र ५९ वर्षीय कालस्याङ चडोन रहेका छन्। उनीहरू भिस्तारा एयरको उडानमार्फत काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स(रे मेसिनमा जाँच गर्ने क्रममा उनीहरूको झोलाभित्र भारतीय ५ सय दरको ६७० थान भारतीय रूपैयाँ फेला परेको थियो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ चैत्र २०७९, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रशासन कार्यालयमा कार्यरत सुब्बा पक्राउ, पाँच दिन म्याद थपेर अनुसन्धान हुँदै
नक्कली परीक्षार्थी पक्राउ
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ