काठमाडौं । प्रतिबन्धित भारतीय रूपैयाँसहित प्रहरीले दुई जना अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। सोमबार दिउँसो ३ लाख ३५ हजार भारतीय रूपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ।
प्रहरी प्रधान कार्यालय काठमाडौंकाअनुसार पक्राउ पर्नेमा ६९ वर्षीय थुप्तेन गेलेक हसवा र ५९ वर्षीय कालस्याङ चडोन रहेका छन्। उनीहरू भिस्तारा एयरको उडानमार्फत काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स(रे मेसिनमा जाँच गर्ने क्रममा उनीहरूको झोलाभित्र भारतीय ५ सय दरको ६७० थान भारतीय रूपैयाँ फेला परेको थियो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ चैत्र २०७९, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ