काठमाडौं । शेयर बजार सोमबार पनि घटेको छ । परिसूचक नेप्से २४.६८ अंकले घट्दा १९५१ दशमलव २१ बिन्दुमा झरेको छ । योसँगै सोमबार २५६ कम्पनीको ३३ लाख कित्ता सेयर बिक्री भएका छन् । २६ हजार ८ सय ५० पटक भएको खरिदबिक्रीपछि १ अर्ब १६ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
सोमबार लघुवित्तका सेयरधनीले धेरै गुमाएका छन् । यसमा खप्तड लघुवित्त, आदर्श लघुवित्त, हिमालयन बैंक, नाडेप लघुवित्त र वीन नेपाल लघुवित्तका सेयरधनीले धेरै दरमा गुमाएका हुन् ।
सोमबार पनि शुभम् पावरका सेयरधनीले ९ दशमलव ९८ प्रतिशत गरे पनि अन्य लगानीकर्ताले न्यून दरमा आर्जन गरेका छन् । सोमबार १८७ कम्पनीका शेयरधनीले गुमाउँदा २४ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
५ वटा कम्पनीको भने उही मूल्यमा कारोबार भएको छ । सर्वाधिक कारोबार भने एनआईसी एसियाको भएको छ । उसको ६ करोड २४ लाखको शेयर कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ फागुन २०७९, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार