काठमाडौं । शेयर बजार सोमबार पनि घटेको छ । परिसूचक नेप्से २४.६८ अंकले घट्दा १९५१ दशमलव २१ बिन्दुमा झरेको छ । योसँगै सोमबार २५६ कम्पनीको ३३ लाख कित्ता सेयर बिक्री भएका छन् । २६ हजार ८ सय ५० पटक भएको खरिदबिक्रीपछि १ अर्ब १६ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
सोमबार लघुवित्तका सेयरधनीले धेरै गुमाएका छन् । यसमा खप्तड लघुवित्त, आदर्श लघुवित्त, हिमालयन बैंक, नाडेप लघुवित्त र वीन नेपाल लघुवित्तका सेयरधनीले धेरै दरमा गुमाएका हुन् ।
सोमबार पनि शुभम् पावरका सेयरधनीले ९ दशमलव ९८ प्रतिशत गरे पनि अन्य लगानीकर्ताले न्यून दरमा आर्जन गरेका छन् । सोमबार १८७ कम्पनीका शेयरधनीले गुमाउँदा २४ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
५ वटा कम्पनीको भने उही मूल्यमा कारोबार भएको छ । सर्वाधिक कारोबार भने एनआईसी एसियाको भएको छ । उसको ६ करोड २४ लाखको शेयर कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ फागुन २०७९, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारले नाघ्यो २७ सय विन्दु
बढ्यो सेयर बजार, पौने १० अर्बको कारोबार
नेप्से परिसूचक २८ अङ्कले बढ्यो, ७ अर्बको कारोबार
सेयर बजार बढ्दा कारोबार घट्यो
बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण
सामान्य अंकले घट्यो नेप्से