काठमाडौँ । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ट्रेजरी बिल २८ दिन, ९१ दिन र ३६४ दिनको लागि जारी गर्न लागेको छ । साेमबार अपरान्ह ३ बजे यस ट्रेजरी बिलका लागि बोलकबोल हुनेछ । केन्द्रीय बैंकका अनुसार २८ दिनको लागि ५ अर्बको ट्रेजरी बिल जारी गर्ने र उक्त ट्रेजरी चैत २८ गते परिपक्व हुनेछ।
यता ९१ दिनको लागि पनि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० जेठ ३० गते परिपक्व हुने र ३६४ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने र यो ट्रेजरी २०८० फागुन २९ गते परिपक्व हुने बैंकले जानाएको छ ।
व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ फागुन २०७९, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वाधार विकास बैंकको कर्जा खरिद-बिक्री समय सीमा ३ वर्ष थप
ट्रेजरी बिलमार्फत १९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी
सार्वजनिक बिदाका दिनमा पनि बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन
राष्ट्र बैंकले एक वर्षका लागि २० अर्बको ऋणपत्र निष्कासन गर्दै, बोलकबोल आजै
व्यावसायिक कर्जा विलासिता प्रयोग नगर्न राष्ट्र बैंकको अनुरोध