एजेन्सी । इरानले अमेरिकासँग दुवै देशका जेलमा रहेका आफ्ना र अमेरिकी नागरिकहरुको साटासाटको सहमति भएको जनाएको छ ।इरानका विदेशमन्त्रीले सो कुराको जानकारी दिनुभएको हो । तर अमेरिकाले भने यस कुराको खण्डन गरेको छ ।
इरानले दुई देशका बीचमा बन्दी साटासाटको सहमति भएको जनाएको केही समयमा नै अमेरिकाले सो सहमति नभएको प्रतिक्रिया दिएको समाचारमा जनाइएको छ ।अघिल्लो हप्ता नै अमेरिकासँग सो सहमति भएको इरानले सोमबार जनाएको छ । इरानका विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहीनले सो कुराको जानकारी सोमबार एक टेलिभिजनमार्फत् दिए।
इरानको सरकारी समाचार समिति आइआरएनले इरानका विदेशमन्त्रीको भनाईलाई उद्धृत गर्दै दिएको समाचारमा उनले यदि अहिले भएको सहमति अनुसार नै प्रक्रिया अघि बढ्यो भने आगामी केही दिनमै यी दुई देशका बन्दी एक आपसमा साटासाट गर्न सकिने छ भनेका छन् ।
दुवै देशले गत वर्ष सन् २०२२ को मार्च महिनामा नै सहमति गरेका र अहिले त्यो सहमति बमोजिम इरानका जेलमा रहेका अमेरिकी र अमेरिकाका जेलमा रहेका इरानी बन्दी साटासाटको काम अबका केही दिनमा हुने उनको भनाई थियो । तर उता अमेरिकाले भने सो सहमतिको नजिक नपुगिएको जनाएको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २९ फागुन २०७९, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लारिजानी हत्याको निर्णायक बदला लिन्छौं : इरान
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने
शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी
इरानको ड्रोन आक्रमणबाट युएईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि बोल्यो चीन, संयुक्त राष्ट्रसंघमा आपत्ति