काठमाडौँ । सभामुख देवराज घिमिरे अन्तर–व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन बहराइन प्रस्थान भएका छन् । यही फागुन २७ देखि चैत २ गतेसम्म बहराइनको मानामामा उञ्चालन हुने उक्त बैठकमा सहभागी हुन सभामुख घिमिरे ९ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सभामुखमा निर्वाचित भएपछि उनको यो पहिलो विदेश भ्रमण हो । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख घिमिरेले नेपालको तर्फबाट सो बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ।
सभामुखको प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा एमालेका राष्ट्रियसभा सदस्य इन्दु खकडरीया, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी सहभागी हुनेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ फागुन २०७९, २० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालीलाई एकताबद्ध गर्न संस्कृति एवं कलाको महत्त्वपूर्ण भूमिका छ: सभामुख घिमिरे
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्थाको बैठक
सुशासन, समृद्धि र समानताका आधारभूत विषय आर्थिक विकास हो: सभामुख घिमिरे
अनुचित पूर्वाग्रहले अधिवेशन प्रभावित हुँदा पनि जबरजस्ती सदन चलाएर बजेट पारित गर्यौँ : सभामुख घिमिरे
सभामुख घिमिरे र रास्वपाका कार्यवाहक सभापतिबिच भेटवार्ता
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल