भरतपुर महानगर प्रमुख रेनु दाहाललाई जापानमा स्वागत

सफल खबर संवाददाता

विहीबार, २५ फागुन २०७९, १२ : ४८
भरतपुर महानगर प्रमुख रेनु दाहाललाई जापानमा स्वागत

टोकियो । जापान भ्रमणमा रहनु भएकी भरतपुर महानगर पालिका प्रमुख रेनु दाहाललाई चितवन समाज जापानले टोकियोमा स्वागत गरेको छ । टोकियो स्थित रातोमाटो रेष्टुरेन्टमा प्रमुख दाहाललाई चितवन समाज जापानले स्वागत गरेको हो । ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले अन्तराष्ट्रिय नारी दिवसको अबसरमा जापानमा बसोबास गर्ने चितवनवासिसंग परिचय गर्दै आभार ब्यक्त गरिन् । चितवनवासिहरु जहाँ रहे पनि  चितवनको विकासमा हातेमालो गर्न उनले आग्रह गरिन्।

प्रमुख दाहाल जापानमा रहँदा (खानागाव)को योकोसुका नगर र भरतपुर महानगरबिच भगिनी सम्बन्ध गाँस्ने सहमतिमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ । दुबै शहरकाबिच प्रविधि,साँस्कृतिक एवं भातृत्व विकास गर्ने एवं दुबै नगरकाबिच विकास र सम्बन्ध आदान प्रदान गर्ने विषयमा हस्ताक्षर हुने  चितवन समाज जापानका अध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिए।

कार्यक्रममा एनआरएन आईसिसि उपाध्यक्ष महेश श्रेष्ठ, आईसिसि उपाध्यक्ष भूषण घिमिरे, आईसिसि उपमहासचिव ओम गुरुङ, अरुण कुमार श्रेष्ठ एवं योकोसुका भरतपुरसग भगिनी सम्बन्ध बनाउन संयोजन गरेका चितवन समाज जापानका सस्थापक अध्यक्ष लोकनाथ वस्तीले मन्तव्य राखेका थिए । 

स्वागत कार्यक्रममा एनआरएन जापानका अध्यक्ष शिव प्रसाद पौडेल, गलकोट समाजका अध्यक्ष कालिका थापा, जनप्रगतिशिल मंचका अध्यक्ष भवानी पन्त लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम चितवन समाज जापानका महासचिव हरिचन्द्र पौडेलले शहजिकरण एवं स्वागत मतब्य कोषध्यक्ष टंक गैरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस