काठमाडौं । प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले लोकतन्त्र रक्षाका लागि आफ्नो पार्टी कांग्रेससँग सहकार्य गर्न तयार रहेको बताएका छन् । तर, त्यस्तो सहकार्य व्यक्तिगत स्वार्थका लागि नभई राष्ट्रिय स्वार्थका लागि हुने उनले दाबी गरे ।
राष्ट्रपति निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन सोमबार पार्टी मुख्यालय च्यासलमा सांसद्हरूलाई प्रशिक्षण दिँदै ओलीले भने, ‘लोकतन्त्रको रक्षा गर्ने सर्तमा एमाले कांग्रेससँग सहकार्य गर्न तयार छ । एमाले व्यक्तिगत स्वार्थका लागि कसैसँग सहमति गर्दैन तर राष्ट्रिय स्वार्थका लागि सबैसँग सहकार्य गर्न तयार छ ।’
सो प्रशिक्षणमा एमालेबाट राष्ट्रपति उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफूलाई राष्ट्रपतिमा निर्वाचित गर्दा संविधानको रक्षा हुने बताए ।
‘म राष्ट्रपति हुँदा संविधानको रक्षा गर्छु । तपाईंको शिर निहुरिने काम हुन दिन्नँ । संविधानको रक्षा मेरो पहिलो दायित्व हुनेछ,’ नेम्वाङले भने ।
उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता आरजु राणालाई भेटेर आएको जनाए । ‘देउवाले पनि राष्ट्रपतिमा उपयुक्त पात्र भएको पनि बताउनुभयो । जिम्मेवार राजनीतिक दल एक ठाउँमा उभिनु पर्दछ भन्नेमा उहाँ पनि सहमत हुनुहुन्छ,’ उनले भने ।
नेम्वाङले जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतबाट पनि सकारात्मक प्रतिक्रिया पाएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ फागुन २०७९, २० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘जेन जेड आन्दोलन कुनै क्रान्ति होइन, उपद्रव हो’: केपी ओली
ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
ओलीले आज पत्रकारसँग सवालजवाफ गर्ने
ओलीको बठ्याँई : नेतृत्व हस्तान्तरणको मुद्दा पन्छाउन महाधिवेशनको मिति प्रस्ताव
म बिग्रिएको भए पो सप्रिनू: केपी ओली
एमाले सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुन्छ : ओली