विश्वप्रसिद्ध अवार्ड जितेलगत्तै सन्दुत रुइत जन्मगाउँको आँखा शिविरमा

सफल खबर संवाददाता

आइतबार, २१ फागुन २०७९, १४ : १८
विश्वप्रसिद्ध अवार्ड जितेलगत्तै सन्दुत रुइत जन्मगाउँको आँखा शिविरमा

ताप्लेजुङ । विश्वप्रसिद्ध बहराईन सरकारको ईशा अबार्ड प्राप्त गरेका वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइत यति खेर आफनै गृह  जिल्लाकाे आँखा शिबिरमा पुगेका छन् ।

गत ९ फागुनमा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाको हातवाट विश्व प्रसिद्ध अबार्ड ग्रहण गरे पछि पहिलो पटक उनी गृह जिल्ला आइपुगेका हुन् । 

शनिबार देखी आफ्नै जन्म गाउँ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ७ ओलाङचुंगोला नि:शुल्क आँखा शिविरमा ब्यस्त छन्  । आइतवारसम्म जारी रहने आँखा शिविरमा बिरामीहरुको आँखाको शल्यक्रियासमेत गरिरहेका हुन् । 

उनको नेतृत्वमा रहेको चिकित्सक तथा आँखा प्राविधिकको टोलीले शनिवार र आइतबार फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन गर्नेछ।  

 सो अभियानका अभियन्ता मिङ्माडण्डु शेर्पाका अनुसार प्रतिष्ठित ईसा अवार्ड प्राप्त गरेपछि उनी शल्यक्रिया सहितको नि:शुल्क आँखा शिविर कार्यक्रम लिएर पूर्वी नेपाल छिरेका हुन् । यो शिविर अघि उनले तेह्रथुम जिल्लाका विभिन्न स्थानमा नि:शुल्क आँखा शिविर सञ्चालन गरेर ताप्लेजुङ आएका हुन् ।

प्रतिक्रिया दिनुहोस