झापा । सभामुख देवराज घिमिरेले स्वास्थ्यको क्षेत्रमा राज्यले आम नागरिकको सहज पहुच पुर्याउन प्रभावकारी ढंगले कार्य सम्पादन गर्नुपर्ने बताएका छन् ।
शनिबार गृह जिल्ला झापा स्थित विर्तामोड नगर अस्पतालको उद्घाटन गर्दै सभामुख घिमिरेले पछिल्लो समय विभिन्न बहानामा निजी अस्पतालहरुले नागरिकलाई चर्को रकम असुल्ने गरेको बताउँदै उनले राज्य तवरबाट नै सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्नेमा जोड दिए ।
आर्थिक अभावका कारण सबै नागरिकले निजी अस्पताल जान नसक्दा स्वास्थ्य उपचारबाट बन्चित हुने परिरहेको अवस्थामा स्थानीय स्तरमा सुविधा सम्पन्न नगर अस्पताल सञ्चालनमा आउँदा गरिब तथा विपन्न समुदायलगायत आम नागरिकले सहज रुपमा यसको सेवा उपभोग गर्न पाउने बताए ।
साथै उनले सभामुखको रुपमा आफु रहिरहदा संसद सञ्चालन गर्न कुशल अम्पायरको भूमिका निर्वाह गर्न लागि परेको बताए ।
कार्यक्रममा कोशी प्रदेश सांसद एकराज कार्की, विर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईलगायतले करिब ५ करोडको लागतमा सञ्चालनमा आएको पन्ध्र शैयाको नगर अस्पतलाबाट आम नागरिकले उच्च स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नेमा विश्वस्त रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० फागुन २०७९, २१ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालीलाई एकताबद्ध गर्न संस्कृति एवं कलाको महत्त्वपूर्ण भूमिका छ: सभामुख घिमिरे
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्थाको बैठक
सुशासन, समृद्धि र समानताका आधारभूत विषय आर्थिक विकास हो: सभामुख घिमिरे
अनुचित पूर्वाग्रहले अधिवेशन प्रभावित हुँदा पनि जबरजस्ती सदन चलाएर बजेट पारित गर्यौँ : सभामुख घिमिरे
सभामुख घिमिरे र रास्वपाका कार्यवाहक सभापतिबिच भेटवार्ता
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल