काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रचण्डको पाउमा तेल घसिरहेको भन्दै व्यङ्ग्य गरेका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गगन थापाले महामन्त्रीको उम्मेदवार बन्दै गर्दा कांग्रेसलाई आफ्नै खुट्टामा उभिने पार्टी बनाउने बताए पनि व्यवहारतः त्यस्तो भूमिकामा नदेखिएको बताए ।
बास्कोटा लेख्छन्-'गगनले भन्याथे-कांग्रेसलाई आफ्नै खुट्टामा उभिने बनाउन मेरो महामन्त्रीमा उम्मेदवारी, तर आज उनी प्रचण्डको पाउमा तेल घस्दैछन। रामचन्द्र हराऊ,सुवास जिताऊ। प्रचण्ड होइन, देउवालाई तुलनात्मक जनमत प्राप्त छ। चकचकेको कचकच बन्द हुनै पर्छ। राम पुज्ने हो, खराऊ पुज्नु भ्रम, देउवा सत्य प्रचण्ड भ्रम।'

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० फागुन २०७९, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा
‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’ : गोकुल बास्कोटा