काठमाडौँ । काउण्टरमा बसेर यात्रुसँग निर्धारितभन्दा बढी भाडा असुल्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार बिहान काठमाडौँको बल्खुबाट ट्राफिक प्रहरीले सुविधा काउण्टरमा कार्यरत पाँच जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ६ का २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ का २६ वर्षीय सुजन हुमागाईं, शिखरापुर काउण्टरमा काम गर्ने काठमाडौँको चन्द्रागिरि नगरपालिका ९ का ३६ वर्षीय सुनिल नगरकोटी, गढीमाई सुमो सेवाबाट सञ्चालित सुमोका चालक बाराको सिम्रौनगढ नगरपालिका ८ का २४ वर्षीय ओजिर अन्सारी र लालिगुराँस काउण्टरबाट सञ्चालित सुमोका चालक रौतहटको चन्द्रपुर ४ का २४ वर्षीय कृष्णबहादुर योञ्जन रहेका छन्।
होलीको अवसर पारेर काठमाडौँ उपत्यकाबाट बाहिरी जिल्ला जाने यात्रुहरूसँग चालक तथा काउण्टरबाट निर्धारित भन्दाबढी भाडा लिने गरेको गुनासो आएपश्चात ट्राफिकले सादा पोशाकमासमेत जनशक्ति परिचालित गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० फागुन २०७९, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ
नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ