काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानले काठमाडौँको नयाँ वानेश्वर (संघीय संसद् भवन अगाडि) मा प्रदर्शन गर्न लागेको हो ।
पूर्व राजा ज्ञानेन्द्र शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको अभियानले बुटवल हुँदै देशका विभिन्न सहरमा प्रदर्शन गरिसकेको छ । सो महाअभियानले आर्थिक अन्याय र बेथितिविरुद्ध काठमाडौँमा पनि प्रदर्शन गर्न लागेको प्रसाईँले जानकारी दिएका छन् ।
नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखसम्मको ऋण मिनाहा गर्नुपर्ने लगायतका १३ बुँदे माग महाअभियानको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० फागुन २०७९, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईं र राणाको दूत बनेर सगुन लावती भारत भ्रमणमा
दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस
दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ