विद्यादेवी भण्डारीकै कारण राष्ट्रपति चुनावले चर्चा पाएको हो : विश्वप्रकाश शर्मा

सफल खबर संवाददाता

शुक्रबार, १९ फागुन २०७९, १३ : ४०
विद्यादेवी भण्डारीकै कारण राष्ट्रपति चुनावले चर्चा पाएको हो : विश्वप्रकाश शर्मा

काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले पद सेरेमोनियल भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको व्यवहारका कारण राष्ट्रपतिको चुनावले चर्चा पाएको बताएका छन् ।उनले एमाले माओवादीसहित गठबन्धनमा एकले अर्कोलाई गाली नगरेको पनि बताए। 

एमाले अध्यक्ष केपी ओलीले संसदमै संसद् विघटनको ढोक्सा थापेको उनले बताए। 'हामीलाई ढोक्सा थापेको आरोप ओलीजीले लगाउनुभयो,' उनले भने, 'तर हामी चुनावमा पनि सँगै भएकाले ढोक्सा उहाँहरूले थाप्नु भएको हो ।'

प्रधानमन्त्रीलाई पिँजडामा राखेका कारण पनि गठबन्धन टुटेको उनले बताए। १० गते हाम्रो गठबन्धन टुट्नु गल्ती भएको भन्दै महामन्त्री शर्माले गठबन्धन पुस १० को जस्तो नभएको उनले बताए । उनले यो गठबन्धन १२ बुँदे सहमतिसँग पनि जोडिएकाले नटुट्ने बताए । मन्त्री बन्न आफूलाई हतारो नभएको समेत उनको भनाइ थियो। 

मोरङको विराटनगर ८ दलीय गठबन्धनका सांसदहरूको अभिमुखीकरणमा उनले प्रदेशसभा सदस्यलाई फागुन २४ गते नै काठमाडौँ आउन आग्रह गरेका छन् ।फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर प्रदेश १ का सांसदहरूको भेला भएको हो ।

८ दलीय गठबन्धनले राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ भने एमालेले भने सुवास चन्द्र नेम्वाङलाई अघि सारेको छ। राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदै छ।

प्रतिक्रिया दिनुहोस