काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाली ८ दलीय गठबन्धनमा कांग्रेसको तर्फबाट राष्ट्रपतिमा उम्मेदवार दिनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गरेका छन ।
बिहीबार काठमाडौंमा भएको ८ दलीय गठबन्धनका सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए ।उनले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेलको पक्षमा मत मागनका लागि यो कार्यक्रम गरिएको पनि उल्लेख गरे । उनले अभिमुखीकरण कार्यक्रममा ८ दलका शीर्ष नेताहरुले आफ्ना सांसदहरुलाई उम्मेदवार पौडेलका लागि मत मागिरहेको उल्लेख गरे ।
उम्मेवार पौडेल राष्ट्रपति भइसकेपछि राष्ट्रपति पदको मर्यादा कायम राख्ने र संविधानलाई अक्षुण्ड राख्दै संविधानको संरक्षकका रुपमा काम गर्ने, राष्ट्रियता राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्नेमा विश्वस्त रहेको बताए।
सांसद पौडेलले राष्ट्रपति पद देशको अभिभावकको रुपमा र संविधानको संरक्षकको रुपमा राष्ट्रपति रहनुपर्ने भन्दै राष्ट्रपतिले हस्तक्षेपकारी भुमिका खेल्नु नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ फागुन २०७९, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डेंगी परीक्षणको नाममा लुट्ने काम बन्द गर: स्वास्थ्य मन्त्री पौडेल
श्रमिकको स्वास्थ्य रक्षाको नेपाली मुद्दामा समर्थन जुटाउन स्वास्थ्य मन्त्री पौडेलको पहल
खेलबाट स्वास्थ्य जीवन, स्वच्छ समाजको प्रवर्द्धन हुन्छ : मन्त्री पौडेल
गम्भीर दीर्घरोगीको प्रशामक सेवाका लागि रणनीति स्वीकृत
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गरिँदै
सबै अस्पतालमा पादर्शिता र सेवामा एकरुपता ल्याउन विधेयक ल्याउने तयारी