काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको सबै मत आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका रामचन्द्र पौडेलको पक्षमा पर्ने विश्वास दिलाएका छन् ।
बिहीबार आठ दलका संघीय सांसदहरुलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा यस्तो विश्वास दिलाएका हुन् । काठमाडौँमा भएको प्रशिक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, ‘प्रस्तावक म आफै भएकाले पनि उहाँको विजयको शुभकामनासहित आफ्नो पार्टीको सबै मत उहाँको पक्षमा खसाल्ने विश्वास दिलाएँ ।’
त्यसक्रममा अध्यक्ष नेपालले अहिलेसम्मका राष्ट्रपतिहरू संविधानको मर्म अनुसार नचलेको स्मरण गराएको बताए । ‘अहिलेसम्म प्राप्त अनुभवहरूलाई ध्यानमा राखेर विगतमा केके त्रुटिहरू हुन गए ? के के राम्रा कुरा भए ? त्यसलाई समेत ध्यानमा राखेर अव निर्वाचित हुने राष्ट्रपतिले गम्भीर भएर जिम्मेवारी वहन गर्नुहुनेछ भन्ने कुरामा मैले ध्यानाकर्षण गराएँ’, नेपालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ फागुन २०७९, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार