काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको सबै मत आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका रामचन्द्र पौडेलको पक्षमा पर्ने विश्वास दिलाएका छन् ।
बिहीबार आठ दलका संघीय सांसदहरुलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा यस्तो विश्वास दिलाएका हुन् । काठमाडौँमा भएको प्रशिक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, ‘प्रस्तावक म आफै भएकाले पनि उहाँको विजयको शुभकामनासहित आफ्नो पार्टीको सबै मत उहाँको पक्षमा खसाल्ने विश्वास दिलाएँ ।’
त्यसक्रममा अध्यक्ष नेपालले अहिलेसम्मका राष्ट्रपतिहरू संविधानको मर्म अनुसार नचलेको स्मरण गराएको बताए । ‘अहिलेसम्म प्राप्त अनुभवहरूलाई ध्यानमा राखेर विगतमा केके त्रुटिहरू हुन गए ? के के राम्रा कुरा भए ? त्यसलाई समेत ध्यानमा राखेर अव निर्वाचित हुने राष्ट्रपतिले गम्भीर भएर जिम्मेवारी वहन गर्नुहुनेछ भन्ने कुरामा मैले ध्यानाकर्षण गराएँ’, नेपालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ फागुन २०७९, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’