काठमाडौं । नेकपा एमालेका नेताहरुले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति पदका उम्मेदवार समेत रहेका एमाले उपाध्यक्ष सुवास नेम्वाङ, अर्का उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आज बिहान अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् ।
एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको भेटमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको बुझिएको छ । एकीकृत समाजवादीका एक नेताले राष्ट्रपति निर्वाचनमा भोट माग्न एमाले नेताहरु पार्टी कार्यालय आएको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ फागुन २०७९, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार