काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठुला भनिने नेताहरुले गरिरहेको राष्ट्रदोहन र नितिगत भ्रष्टाचारमा भएको संलग्नताबारे तिब्र रोष प्रकट गरेका छन् ।
'पुर्ब राष्ट्र प्रमुख र पुर्ब प्रधानमन्त्रीहरु नै आर्थिक सहायताको नाममा नितिगत भ्रष्टाचारमा लिप्त हुनु दुर्भाग्यपूर्ण हो' थापाले भने । आज काठमाडौंमा पार्टी आबद्ध जनबर्गिय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राजाको मायाले नभई गणतन्त्र जस्तो भद्रगोल ब्यबस्थाले गर्दा गणतन्त्र कै विकल्प खोजि गर्दै जनता सडकमा आउन बाध्य हुने तर्क गरे ।
थापाले मुलुकको अबस्था अत्यन्तै नाजुक भएको कारण देशको अवस्थाले गर्दा ब्यबस्था परिबर्तन हुन सक्ने भन्दै गणतन्त्रका संबाहक हौ भन्नेहरु नसच्चिए दुर्घटना अबश्यमंभाबी भएको दाबी गरे ।
'गरिब जनता सिटामोल खान सक्ने अबस्थामा छैनन् , ठुला नेताहरु ब्रम्हलुटमा लिप्त छन् ।' थापाले थपे, 'यो दुर्घटनाको सङ्केत हो ।' भ्रष्टाचार ,बेरोजगारी ,कुशासन,धर्मपरिबर्तनले आक्रान्त जनता नाङ्गो ब्रम्हलुटबाट आजित भएको बताए ।
भ्रष्टाचार र संघीयताको भारले मुलुक कङ्गाल भएको भन्दै थापाले देशको न्यायपालिका, कार्यपालिका र ब्यबस्थापिका प्रभाबहिन बन्दै जानू ब्यबस्था नै असफल उन्मुख हुनु हो भन्ने टिप्पणी गरे । उनले नेता,कार्यकर्ताहरुलाई अब सडक संघर्षको लागि तयारिमा लाग्न निर्देशन दिए ।
कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौला लगायत जनबर्गिय संगठनका अध्यक्षहरुले बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ फागुन २०७९, १९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
राजावादीका लागि अनुकूल समय आयो : कमल थापा
जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं : कमल थापा