काठमाडौं । सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताएका छन् । बुधबार नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले इञ्जा डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सञ्चारकर्मीहरुको हक अधिकार र व्यवसायिक दक्षतासँग जोडिएका कतिपय विधेयकहरु अल्झिरहेका, विवादमा परेर रोकिएको भन्दै तिनीहरुलाई अघि बढाउन आफू तयार रहेको बताएका छन् ।
‘सञ्चारकर्मीहरुको हक अधिकार र व्यवसायिक दक्षताको लागि नीति र व्यवहारबाट सहयोग गर्नुपर्ने कतिपय विधेयकहरु अल्झिरहेका, विवादमा रहेर रोकिएका यी कुराहरुलाई सभामुख भएको नाताले अघि बढाइयोस् भन्ने चाहना आकांक्षा जायज छ’ सभामुख घिमिरेले भने, ‘यस क्षेत्रका समस्या के हुन्, आउन लागेको विधेयको बिरोध गर्नुको कारण के हो, रोकिएको विधेयक अघि बढाउन मेरो ठाउँबाट अघि बढाउन म तयार छु ।’
इञ्जाले इञ्जा बौद्धिक पत्रकारिता पुरस्कारबाट जगत नेपाल र माधवप्रसाद तिवारीलाई सम्मान गरेको छ भने इञ्जा खोजी पत्रकारिता पुरस्कार, २०७९ बाट मात्रिका दाहाल र तारा वाग्लेलाई सम्मान गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ फागुन २०७९, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्थाको बैठक
सुशासन, समृद्धि र समानताका आधारभूत विषय आर्थिक विकास हो: सभामुख घिमिरे
अनुचित पूर्वाग्रहले अधिवेशन प्रभावित हुँदा पनि जबरजस्ती सदन चलाएर बजेट पारित गर्यौँ : सभामुख घिमिरे
सभामुख घिमिरे र रास्वपाका कार्यवाहक सभापतिबिच भेटवार्ता
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल
प्रतिनिधि सभा बैठक आज २ बजेदेखि सञ्चालन हुन्छ : सभामुख घिमिरे