काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सङ्घीय गणतन्त्र नेपालको मर्मानुसार नेपाली सङ्गीत, कला र संस्कृतिको विकासमा लाग्न तीनवटै प्रज्ञा–प्रतिष्ठानका कुलपतिलगायत प्राज्ञहरूलाई आग्रह गरेका छन् ।
नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज तीनवटै प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त प्राज्ञहरूबीच भएको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री किरातीले कला संस्कृतिको नयाँनयाँ खोज अनुसन्धान गरी समाजका वास्तविक इतिहासका तथ्यलाई बाहिर ल्याउनुपर्नेमा जोड दिए ।
उनले अहिले प्रतिष्ठान परीक्षाको घडीमा रहेको र परीक्षामा कुनै हालतमा पनि फेल हुन नहुनेमा जोड दिए । उनले भने, “परीक्षामा फेल भइयो भने हामी फेल हुने होइन, राज्य व्यवस्था नै फेल हुने हो ।” उनले सचेत बनेर काम गर्न सुझाव पनि दिए ।
उनले समाजको जरामा बसेर समाजको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै गणतन्त्रको मर्मलाई कदापि भुल्न नहुनेमा जोड दिए । मन्त्री किरातीले समाजवादोन्मुख राज्यव्यवस्था हुने भन्ने संविधानको भावनालाई आत्मसाथ गर्दै त्यहीअनुसार अघि बढ्नुपर्नेमा जोड दिए । नेपाली समाजको विविधतालाई ध्यान दिन आग्रह गर्दै उनले जनताको ज्ञानलाई संरक्षण, विकाससँगै आधुनिकीकरण गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ फागुन २०७९, २० : २०
लेखकबाट थप