काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार रहेका एकलाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेपलाञ्चोक पनौति नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ मा बस्ने ५८ वर्षीय रविभक्त सौंजुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७२ पुस १७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ वर्ष कैद र ८६ लाख ७० हजार ५ सय ३७ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ फागुन २०७९, १९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ