नक्कली लाइसेन्स बनाउने युवक पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १६ फागुन २०७९, १८ : ५१
नक्कली लाइसेन्स बनाउने युवक पक्राउ

काठमाडौं । सवारी चालक अनुमतिपत्र लाइसेन्स नक्कली बनाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामेछाप घर भई भक्तपुरको ब्याँसी बस्ने २८ वर्षका नवीन मानन्धरलाई पक्राउ गरेको हो ।

उनले मोटरसाइकल, स्कुटर र बसको लाइसेन्स नक्कली बनाएर प्रयोग गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

उनीमाथि लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीबाट प्रहरीले दुईवटा नक्कली लाइसेन्स पनि बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस