एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदाले जापानले संयुक्त राज्य अमेरिकाबाट ४०० वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने बताएका छन् ।“हाम्रो देशको योजना ४०० युनिट क्रुज क्षेप्यास्त्र खरिद गर्ने हो,” किशिदाले तल्लो सदनको बजेट समितिलाई बताए ।
यसै महिनाको सुरुमा जापानी रक्षामन्त्रीले जापानले आगामी आर्थिक वर्षमा क्षेप्यास्त्र खरिदका लागि २११.३ अर्ब येन (१.५ अर्ब अमेरिकी डलर बराबर) छुट्याएको बताएका थिए ।
चीनको बढ्दो सैन्य प्रभाव र आणविक शक्ति सम्पन्न उत्तर कोरियाको अप्रत्याशित क्षेप्यास्त्र परीक्षणको सामना गर्न किशिदा प्रशासनले जापानको प्रतिरक्षा क्षमता नाटकीय रूपमा विस्तार गर्न चाहन्छ ।
रूसले युक्रेनमाथि गरेको आक्रमण र चीनले ताइवानमाथि कब्जा जमाउन सक्ने आशङ्काबीच जापानको यो निर्ण सार्वजनिक भएको हो । जापानसँग युद्धपछिको शान्तिवादी संविधान छ, जसले उसको सैन्य क्षमतालाई रक्षात्मक उपायहरूमा सीमित गर्दछ ।
तर गत वर्ष प्रमुख सुरक्षा र प्रतिरक्षा नीतिहरू अद्यावधिक गर्दै चीनले खडा गरेको चुनौतीलाई देखाउँदै जापानले सन् २०२७ सम्ममा कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतको नेटोको मापदण्डमा रक्षा खर्च दोब्बर बनाउने लक्ष्य राखेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १५ फागुन २०७९, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन