काठमाडौँ । पूर्व मन्त्री प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टी (आजपा) ले राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धन तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेको छ ।
आजपा प्रवक्ता चन्द्रभुषण साहले पौडेलको उम्मेदवारीलाई समर्थन गर्दै उनलाई मतदान गर्ने निर्णय भएको बताए । ‘राष्ट्रिय एकताको साझा प्रतीक बनी देश र जनताको सर्वोपरि हित बमोजिम आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने गहिरो अपेक्षा एवं विश्वास सहित जीतको अग्रिम बधाई एवं शुभकामना समेत व्यक्त गर्दछु’ साहले भने ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको चौथो राष्ट्रपतिका लागि २५ फागुनमा मतदान हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ फागुन २०७९, २० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशीला र ओमप्रकाश अर्यालहरू केपी ओली र आरजुकै नयाँ भेरिएन्ट हुन्, यिनीहरूबाट निकास असम्भव : प्रभु साह
ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह
एमालेले ओलीलाई अब अघि नलगाओस् : प्रभु साह
भ्रष्ट नेतालाई नहटाएसम्म मुलुक बन्दैन : प्रभु साह
राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउनका लागि सडक सङ्घर्षको विकल्प छैन : प्रभु साह
भारत र चीनका राजदूतहरूको कार्यसम्पादन मुल्यांकन गराैं: प्रभु साह