वैदेशिक रोजगारीमा जान ७ महिनामा साढे ४ लाख युवाले श्रम स्वीकृति लिए

सफल खबर संवाददाता

शनिबार, १३ फागुन २०७९, १६ : ०५
वैदेशिक रोजगारीमा जान ७ महिनामा साढे ४ लाख युवाले श्रम स्वीकृति लिए

काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा वैदेशिक रोजगारीमा जान ४ लाख ६४ हजार युवाले श्रमस्वीकृति लिएका छन् । यो संख्या अघिल्लो वर्ष यहि अवधिकाे भन्दा १ लाख बढी हो । विभागले सार्वजनिक गरेको तथ्यांकले यो वर्ष रोजगारीका लागि विदेशिने युवालेको संख्या ८ लाख बढी हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जान ६ लाख ३५ हजारले श्रमस्वीकृति लिएकोमा आर्थिक वर्षको ७ महिनामा नै ४ लाख ६४ हजार पुगेको छ ।

विभागको २ आर्थिक वर्षको ७ महिनाको तथ्यांक हेर्दा चालू आवमा मासिक रुपमा नै बढी युवाले श्रमस्वीकृति लिएको देखिन्छ । गत वर्षको माघ महिनासम्म मासिक औसत ५२ हजार युवाले श्रमस्वीकृति लिएकोमा आर्थिक वर्षमा यो संख्या ६६ हजार रहेको छ । गत वर्षको ७ महिनाको तुलनामा आर्थिक वर्षमा मासिक १४ बढी युवाले श्रमस्वीकृति लिएको देखिन्छ ।

गत आर्थिक वर्षको पहिलो ७ महिनामा ३ लाख ५१ हजार ५०५ श्रमस्वीकृति जारी भएकोमा यो वर्ष सोही अवधिमा १ लाख १० बढी युवाले श्रमस्वीकृति लिएको देखिन्छ । आर्थिक वर्षको साउनमा ६३ हजार, भदौमा ७६ हजार, असोजमा ५६ हजार, कात्तिक र मंसिरमा ६८-६८ हजार, पुसमा ६५ हजार र माघमा ६४ हजारले श्रमस्वीकृति लिएको देखिन्छ ।

कोरोनाका कारण विगत २ वर्ष बन्द भएको वैदेशिक रोजगारीमा माग बढेसँगै श्रमस्वीकृति संख्या बढेको श्रम तथा रोजगार विभागले जनाएको छ । मलेसियामा पछिल्लो समय कामदारको माग अत्यधिक बढेका कारण संख्यामा अनपेक्षित संख्या बढेको विभागको भनाई छ ।

प्रतिक्रिया दिनुहोस