आठ दलीय गठबन्धनको बैठक बस्दै

सफल खबर संवाददाता

शनिबार, १३ फागुन २०७९, ११ : १२
आठ दलीय गठबन्धनको बैठक बस्दै

काठमाडौं । आठ दलीय सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्दैछ । राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउन बैठक बस्न लागेको हो ।संघीय संसदको लोहत्से हलमा दिउँसो १ बजे बैठक बस्ने तय भएको नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए ।

नयाँ गठबन्धनले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेको छ । आज बिहान बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेत रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस