काठमाडौँ । एमाले सांसद तथा प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले शुक्रबार प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहमति गरेसँगै अब सरकारमा बामपन्थी सहकार्य समाप्त भएको बताएका छन् ।
अब एमाले आफ्नै लयमा अघि बढ्नुपर्ने उनको भनाइ छ । ‘उहिल्यै भन्देको हो–छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ’, बाँस्कोटाले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्, ‘उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ। अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ।’
उनले उत्साह र आशा दुबै नभएकाले एमाले निराश हुनु पर्ने कारण नरहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ फागुन २०७९, ०६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बाँस्कोटा
'परिस्थिति अझै खराब दिशातर्फ नजाला भन्ने अवस्था छैन' : गोकुल बाँस्कोटा
पार्टी छिटो पुनर्गठन गरौं: गोकुल बास्कोटा
तत्काल पार्टी फोरम आयोजना गर, हाइज्याक प्रयास नगर: गोकुल बास्कोटा
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गोकुल बाँस्कोटाको आपत्ति
लिपुलेक प्रकरणमा नेपालले प्रष्ट अडान राखेको छ : गोकुल बास्कोटा