मकवानपुर । जंगली हात्तीको आक्रमणमा परी मकवानपुरमा पुनः एक जना पुरुषको मृत्यु भएको छ । बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय सन्तलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
प्रहरीका अनुसार बिहीबार राति ९ बजेको समयमा घर नजिकै बाख्रा खोरमा जाँदै गरेका माझी हात्तीको आक्रमणमा परी घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरकाका अनुसार हेटौंडा अस्पतालमा उपचारको क्रममा राति ११ बजे उनको मृत्यु भएको हो ।
सो घटना पछि बाग्मती प्रदेशका सांसद इन्द्र बानियाँले भनेका छन, ‘हात्ती नियन्त्रण, सुरक्षा र राहत कार्य यथाशिघ्र अघि बढाउन निकुन्ज, प्रशासन, सुरक्षा निकाय र स्थानीय तहसंग अनुरोध गर्दछु ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ फागुन २०७९, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
वृद्धको हात्तीको आक्रमणबाट मृत्यु
हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
झापा र मोरङमा मानव–हात्ती द्वन्द्वको जोखिम बढ्यो
झापा आउँदै गरेका १५ वटा हात्तीको बथान मोरङतिरै फर्किए
हात्ती धपाउन झापामा विशेष गस्ती